काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा पुगेको छ ।
नेप्से सामान्य घट्दा कुल २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल दुरसन्चार प्राधिकरणले तीन करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै, आज सबैभन्दा बढी आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएका छन् । संस्थाका सेयरधनीले प्रति कित्ता ३८ रुपैयाँ कमाएका छन् ।
यस्तै, सबैभन्दा बढी गुमाउनेमा फर्वर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाका सेयरधनीले गुमाएका छन् । कम्पनीका सेयरधनीले प्रतिकित्ता ७१.१० रुपैयाँ गुमाएका छन् ।