काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार ग्लोबल आइएमई लघुवित्त, ज्योति विकास बैंक र नेपाल ल्युव आयलको बोनस सेयर नेप्सृमा सूचीकृत भएको हो ।
ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत बोनस वापतको ६ लाख ६३ हजार १०७.१९१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, ज्योति विकास बैंकको ३ प्रतिशत बोनस वापतको १२ लाख ८० हजार ३२५.९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, नेपाल ल्युव आयलको २५ प्रतिशत बोनस वापतको ९७ हजार ५६४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।