मोदी इनर्जिको आईपीओ बाँडफाँट सम्पन्न, कसले पाए ?

<p>काठमाडाैं । मोदी इनर्जि लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्काशन गरेको थियो । कर्मचारीहरुका लागि छुट्याइएको सेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्ता सहित गरी कुल [&hellip;]</p>

काठमाडाैं । मोदी इनर्जि लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्काशन गरेको थियो । कर्मचारीहरुका लागि छुट्याइएको सेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्ता सहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता सेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ ।

स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको छ ।

Share News