काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज १६.९६ अंकले घटेको छ । आज नेप्से घटेर १८२१.६४ विन्दुमा पुगेको छ । जुन करिब ७ महिना यताकै न्युन विन्दु हो । यसअघि गत असोज ९ गते नेप्से १८१५.१३ विन्दुमा पुगेको थियो ।
यसरी बजार घट्दा ९० करोड रुपैयाँको २७ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी नागरिक लगानी कोषकले ५ करोड बढीको कारोबार गरको छ ।
यस्तै, आज सबैभन्दा बढी कमाउनेमा आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएका छन् । लघुवित्तको सेयरधनीले प्रतिकित्ता ६६.१० रुपैयाँ कमाएका छन् ।
यस्तै, सबैभन्दा बढी गुमाउनेमा राष्ट्रिय उत्थान लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् । लघुवित्त्का सेयरधनीले प्रतिकित्ता ४१ रुपैयाँ गुमाएका छन् ।