काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भएको तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ को बाँडफाँट सम्पन्न भएको छ ।
बैशाख ६ देखि २० गतेसम्म निष्काशन गरिएकोमा फण्डको आइतबार बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा ७५ करोड रुपैयाँको आवेदन परेको बताइएको छ ।
सिटिजन्स सुपर ३० म्युचुअल फण्डको अवधि १० वर्ष हो । यस फण्डका इकाईधनीहरुलाई वार्षिक २०.४१ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको क्यापिटलले जनाएको छ । १० वर्षको अवधिमा १४.५१ रुपैयाँमा न्याभ हुने प्रक्षेपण छ ।
यसको कोष प्रवर्धक सिटिजन्स बैंक इन्टरनेशनल तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको छ ।