एक कम्पनीको २५ प्रतिशत बोनस तपाइको खातामा आयो ?

<p>काठमाडौं । नेपाल ल्यूब आयलले सेयरधनीहरुको खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको गत असोज २८ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा गरेको जनाएको छ । असोज १३ गतेसम्म हितग्राहि खाता अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा जम्मा गरेको कम्पनीले जनाएको छ । हालसम्म सेयर प्रमाणपत्र अभौतिकिकरण [&hellip;]</p>

काठमाडौं । नेपाल ल्यूब आयलले सेयरधनीहरुको खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको गत असोज २८ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा गरेको जनाएको छ ।

असोज १३ गतेसम्म हितग्राहि खाता अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा जम्मा गरेको कम्पनीले जनाएको छ । हालसम्म सेयर प्रमाणपत्र अभौतिकिकरण (डिम्याट) नगरेका सेयरधनीहरुले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि) मा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

असोज १३ गतेसम्म कम्पनीको सेयर धितो राखेका सेयरधनीहरुले नो अब्जेक्सन लेटर उपलब्ध गराए पश्चात् मात्र खातामा लाभांश जम्मा गरिनेछ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

Share News