६०/७० नेटवर्थ भएका कम्पनी ओभरभ्यालूमा आईपीओ जारी गर्छन्

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अण्डरराइटिङ्ग बार्गेनिङ गर्ने भाँडो भएको बताएका छन् । सोमबार प्रभु क्यापिटल र सेञ्चुरी क्याटिलको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् । अण्डरराइटिङ्गले मागेको शुल्क इस्यू जारी गर्ने कम्पनीले दिन नमान्ने गरेको उनले बताए । इस्यू जारी गर्ने कम्पनी बार्गेनिङ्ग गर्दै अन्य संस्थामा जाने गरेको उनको [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अण्डरराइटिङ्ग बार्गेनिङ गर्ने भाँडो भएको बताएका छन् । सोमबार प्रभु क्यापिटल र सेञ्चुरी क्याटिलको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अण्डरराइटिङ्गले मागेको शुल्क इस्यू जारी गर्ने कम्पनीले दिन नमान्ने गरेको उनले बताए । इस्यू जारी गर्ने कम्पनी बार्गेनिङ्ग गर्दै अन्य संस्थामा जाने गरेको उनको भनाइ छ ।

‘अण्डरराइटिङ्गलाई सुधार गर्नु पर्ने धितोपत्र बोर्डको पहिलो प्राथमकितामा छ, अहिले नेपालमा अण्डरराइटिङ्ग प्रक्रियामा क्रान्तिकारी परिवर्तन गर्नु पर्नेछ, अण्डरराइटिङ्ग एजेन्सी इस्यू गर्ने कम्नपीमा गएर यो विजनेश मलाइ चाहियो, मलाई नदिई हुँदै भएन भन्छ भनेपछि अण्डरराइटिङ्ग प्रक्रियामा पहिला नै समस्या आउँछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा इस्यू जारी गर्ने कम्पनीले अण्डरराइटिङ्ग कम्पनीमा गएर कन्भिन्स गर्नु पर्छ, यो मूल्य मैले राखेको हो, यसको आधारमा मूल्याङ्कन गर्नु पर्याे भन्नु पर्छ तर, ४/५ संस्थासँग बार्गेनिङ्ग गरेर मात्रै अण्डरराइटिङ्ग गरिरहेका छन् ।’

अण्डरराइटिङ्ग प्रक्रियलाई अन्तर्राष्ट्रिय बजार जस्तो सिस्टम कायम गर्ने उनले मर्चेन्ट बैंकहरुलाई निर्देशन दिए । अण्डरराइटिङ्ग गरेको २ महिनापछि घटाउन नमिल्ने उनको भनाइ छ । जोखिम लिएपछि सबैले समान रुपमा लिनु पर्ने उनले बताए । अहिले ६०/७० रुपैयाँ नेटवर्थ भएका कम्पनीलाई १ सय रुपैयाँमा जारी गर्दा कसैले पनि गुनासो नगरेको उनको भनाइ छ ।

‘६०÷७० रुपैयाँ नेटवर्थ भएका कम्पनीलाई १ सय रुपैयाँमा जारी गर्दा कसैले पनि गुनासो छैन, यहाँ पनि अण्डरभ्यालूसन गरेर ७० को भ्यालूसनलाई १०० रुपैयाँमा जारी गर्दा ओभर भ्यालूसन भइसक्यो, यो पनि सहि होइन,’ उनले भने, ‘हामी (धितोपत्र बोर्ड)ले सबैलाई सही बनाउनु पर्नेछ, विगतमा एउटा आईपीओको फाइल स्वीकृत हुनका लागि २० महिना लाग्थ्यो तर, म आएपछि महिनामा ४ वटा भन्दा बढी फाइल स्वीकृत दिइरहेका छौं, यदि फाइल सही छ भने स्वीकृत दिने र सही छैन भने फिर्ता पठाउने काम गरेको छ ।’

Share News