सेञ्चुरी प्राप्तिपछि नम्बर वान बन्यो प्रभु क्यापिटल, आईपीओ निष्काशन गर्दै

<p>काठमाडौं । प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले मर्जरपश्चात् मर्चेन्ट बैंकहरुमा प्रभु क्यापिटल नम्बर वान बनेको बताएका छन् । सेञ्चुरी क्यापिटललाई प्राप्तिपश्चात् एकीकृत कारोबारमा बोल्दै अध्यक्ष शर्माले पूँजीको दाँजोमा नम्बर वान मर्चेन्ट बैंक बन्न सफल भएको बताका हुन् । ‘प्रभु क्यापिटलको अधिकृत पूँजी १३३ करोड रुपैयाँ, चुक्ता पूँजी १२० करोड रुपैयाँ पुगेको छ, मर्जर पछि [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले मर्जरपश्चात् मर्चेन्ट बैंकहरुमा प्रभु क्यापिटल नम्बर वान बनेको बताएका छन् । सेञ्चुरी क्यापिटललाई प्राप्तिपश्चात् एकीकृत कारोबारमा बोल्दै अध्यक्ष शर्माले पूँजीको दाँजोमा नम्बर वान मर्चेन्ट बैंक बन्न सफल भएको बताका हुन् ।

‘प्रभु क्यापिटलको अधिकृत पूँजी १३३ करोड रुपैयाँ, चुक्ता पूँजी १२० करोड रुपैयाँ पुगेको छ, मर्जर पछि देशकै सबैभन्दा ठूलो मर्चेन्ट बैंक बन्न सफल भएको छ, यसअघि पनि १ अर्ब पूँजी हुँदा ठूलो मर्चेन्ट बैंक नै थियो, अब झनै ठूलो बनेको छ,’

प्रभु क्यापिटलका ५० जना र सेञ्चुरी क्यापिटलका ७ जना गरी मर्जर पश्चात् कूल ५७ जना कर्मचारी पुगेको उनको भनाइ छ । क्यापिटलमा प्रभु बैंकको ५१ प्रतिशत सेयर स्वामित्व रहने उनको भनाइ छ । मर्जरपछि क्यापिटलको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ पुगेको छ ।

साथै, म्युचुअल फण्डहरुमा प्रभु सेलेक्ट फण्डको १०.२० रुपैयाँ र प्रभु स्मार्ट फण्डको १०.०१ न्याभ रहेको छ । प्रतिकूल बजारको अवस्थाका बाबजुत पनि क्यापिटलले न्याभलाई सन्तुलन कायम राख्न सफल भएको उनले बताए ।

उनका अनुसार क्यापिटलले २५५ जना ग्राहकको २७ करोड बढीको पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेको छ । यस्तै, २५ वटा कम्पनी आरटिए र आरटिएसमा छन् । प्रभु क्यापिटलमा डिम्याट खाता खोल्नेको संख्या २ लाख २४ हजार रहेको उनले बताए ।

१७ वटा कम्पनीको इस्यू म्यानेजरको रुपमा क्यापिटलले काम गर्दै आएको उनको भनाइ छ । मर्जर पश्चात् ३५४.९३ करोड रुपैयाँ बराबरको अण्डरराइटिङ्ग गर्न सक्ने क्ष्मताको क्यापिटलमा रहेको उनले बताए ।

क्यापिटलले स्पेसलाइज्ड इन्भेष्टमेन्ट फण्ड र पाइभेट इक्विटी फण्ड (एसआइएफ र पीइ फण्ड)को सुरु गर्ने प्रक्रियामा क्यापिटल रहेको उनले बताए । उनले क्यापिटलको सर्वसाधारण सेयर (आईपीओ) जारी गर्ने बताए । आईपीओ निष्काशनको तयारीमा क्यापिटल रहेको उनले बताए ।

‘प्रभु क्यापिटलले सुरु देखि नै पूँजी बढाउनु पर्छ भन्ने अवधारण बनाउँदै आएको छ, क्यापिटलको सेवा र अनुशासन पालना पनि चुस्तदूरुस्त छ, सञ्चालक समितिले पनि संस्थागत सुशासनमा जोड दिँदै आएको छ, संस्थागत सुशासनमा क्यापिटलले कम्प्रमाइज गर्दैन,’ उनले भने, ‘आईपीओ निष्काशनका लागि प्रक्रिया अघि बढेको छ, अब छिट्टै आईपीओ जारी गर्छाैं ।’

Share News