नेपाल चेम्बर एक्स्पो जेठ ४ देखि सुरु हुँदै

<p>काठमाडौं । ‘नेपाल चेम्बर एक्स्पो २०२३’ बिहिबारबाट शुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्ने भएको सो एक्स्पो भृकुटीमण्डपमा हुने भएको हो । चेम्बरका अनुसार सो एक्स्पो भृकुटीमण्डपमा जेठ ४ गतेदेखि ८ गतेसम्म हुने छ । छैटौं चेम्बर एक्स्पोमा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने बताइएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र [&hellip;]</p>

काठमाडौं । ‘नेपाल चेम्बर एक्स्पो २०२३’ बिहिबारबाट शुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्ने भएको सो एक्स्पो भृकुटीमण्डपमा हुने भएको हो ।

चेम्बरका अनुसार सो एक्स्पो भृकुटीमण्डपमा जेठ ४ गतेदेखि ८ गतेसम्म हुने छ । छैटौं चेम्बर एक्स्पोमा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने बताइएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले छैटौं संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली वस्तुहरुको बजारीकरणमा जोड दिईने बताएका छन् ।

‘मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने छ, एक्स्पोले वाह्य व्यापारिक समुदायसंग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत मदत पुर्याउने छ,’ उनले भने ।

चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरु, घरेलु तथा खाद्यन्हका सामाग्रीहरु, जटिवुटी जन्य बस्तुहरु प्रर्दशनी गरिने चेम्बरले जनाएको छ । यस्तै, अटोमोबाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनीमा राखिने छ । मेलाको करिव डेढ लाख जनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए ।

मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामाग्रीहरुको स्टल रहनेछ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय बस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

Share News