नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मिर्मिरे लघुवित्त, स्वाभिमान लघुवित्त, साल्ट ट्रेडिङ्ग र कृषि विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस वापतको १२ लाख २१ हजार ७७२.३९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मिर्मिरे लघुवित्त, स्वाभिमान लघुवित्त, साल्ट ट्रेडिङ्ग र कृषि विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस वापतको १२ लाख २१ हजार ७७२.३९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस वापतको २ लाख ४३ हजार ५६४.३० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको १० प्रतिशत बोनस वापतको २ लाख ५३ हजार ५३१.१९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, कृषि विकासको २ प्रतिशत बोनस वापतको २६ लाख ३७ हजार ५८३.१५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News