ह्वावे क्लाउडले ल्यायो साझेदारका लागि नयाँ फ्रेमवर्क

<p>काठमाडौं । ह्वावे क्लाउडले साझेदारका लागि नयाँ फ्रमवर्क सार्वजनिक गरेको छ । ह्वावेले एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरुबीच २०२३का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको हाे । ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार शर्माले संचालन गरेको सो कार्यक्रममा नेपालका ह्वावे क्लाउड पार्टनरहरु प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागितारहेको थियो । [&hellip;]</p>

काठमाडौं । ह्वावे क्लाउडले साझेदारका लागि नयाँ फ्रमवर्क सार्वजनिक गरेको छ । ह्वावेले एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरुबीच २०२३का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको हाे ।

ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार शर्माले संचालन गरेको सो कार्यक्रममा नेपालका ह्वावे क्लाउड पार्टनरहरु प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागितारहेको थियो । गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्कले पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको छ ।

ह्वावेको ग्रो क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेजहरु रहेको छ । प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरु जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र ह्वावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरु पनि ल्याएको छ।

नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड, ह्वावे क्लाउड प्रयोग गरे वापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रम सहित पाँच थप फाइदाहरू पनि प्रदान गर्नेछ ।

यस प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्नु हो । कार्यक्रमको मुख्य फाइदाहरू मध्ये एक क्षमता विकास र प्रमाणीकरण हो जसले साझेदारहरूलाई ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरु र प्रमाणपत्रहरू मार्फत आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ ।

ह्वावेकोको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो । यस प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रि आर्किटेक्टर क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापन जस्ता सेवाहरू मार्फत व्यावसायिक क्लाउड सेवाहरु निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग गर्दछ ।

यी कार्यक्रमहरूको प्रमुख उद्देश्य साझेदारहरूको व्यावसायिक क्षमताहरूको पहिचान र विकास गर्ने, ह्वावेको क्लाउडमा आधारित प्रयोगहरूको विकास गर्ने ,सफ्टवेयर समाधानहरूलाई सुदृढीकरण गर्ने, अवस्थित डाटालाई ह्वावे क्लाउडमा स्थानान्तरण गर्ने र ह्वावे क्लाउडसँग संयुक्त मार्केटिङ सञ्चालन गर्नु हो । समग्रमा, ह्वावे क्लाउड साझेदार कार्यक्रम ह्वावेको साझेदारहरूको लागि आफ्नो व्यवसाय विस्तार गर्न र आफ्नो सीप सुधार गर्ने उत्कृष्ट अवसर हुनेछ ।

यस्तै विभिन्न योजनाहरु मार्फत ह्वावेले साझेदारहरुसंगको सम्बन्ध सुदृढ बनाउन र प्रविधिको पहुँच देश व्यापी रुपमा विस्तार गर्न ह्वावेको प्रतिवद्धता रहेको छ ।

Share News