काठमाडौं । बुधबार सेयर बजार २३.३९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १८४५.०१ विन्दुमा पुगेको छ ।
आज २५ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा कुल ८५ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेनेटले पाँच करोड ४६ लाख रुपैयाँको गरेको छ ।
आज आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्यमा सर्किट लागेर प्रति कित्ता सेयरधनीले ८४.४० रुपैयाँ कमाएका छन् ।
यस्तै, आज माइ खोला हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीका सेयरधनीले प्रतिकित्ता २३.९० रुपैयाँ गुमाएका छन् ।