काठमाडौं । नेपाल स्टक एक्सचेन्ज बिहीबार ३२.३० अंकले बढेको छ । बिहीबार नेप्से सूचक बढेर १८७७.३२ विन्दुमा पुगेको छ ।
यसरी नेप्से बढ्दा २४ दिन यताकै उच्च कारोबार भएको छ । आज ४४ लाख २२ हजार कित्ता सेयर किबबेच हुँदा एक अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमले आठ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा हिमालयन उर्जा विकास कम्पनी र आत्मानिर्भर लघुवित्त वित्तिय संस्था रहेको छ ।
हिमालय उर्जाको सेयर मूल्यमा सर्किट लागेर सेयरधनीले प्रतिकित्ता २५.६० रुपैयाँ कमाएका छन् । यस्तै, आत्मानिर्भर लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९३.३० रुपैयाँ वृद्धि भएको छ ।