हिमाल दोलखा हाइड्रोले जेठ २२ गतेदेखि हकप्रद बिक्री गर्ने

<p>काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ २२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १ करोड ६० [&hellip;]</p>

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ २२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १ करोड ६० लाख कित्ता साधारण सेयरको साधारण सभाबाट निर्णय भएबमोजिम सेयर अनुपात १ः०.७५ को १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २७ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैशाख २६ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा लक्ष्मी क्यापिटल, लक्ष्मी बैंकको इलाम शाखा र कम्पनीको कालोपुलमा रहेको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँदछ ।

Share News