एकैदिन तोलामा ८ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आईतबार सूनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आईतबार सूनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आज नेपाली बजारमा चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज बढेको मूल्य अनुसार चाँदीको मूल्य १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News