काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शांग्रीला डेभलपमेन्ट बैंक, एलएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनीटी लघुवित्त र सबैको लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
शांग्रीला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस वापतको २५ लाख ६९ हजार २२०.५४७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८.५३४ प्रतिशत बोनस सेयर र ०.४४९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस वापतको १३ लाख २६ हजार ६१४.३६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, लक्ष्मी लघुवित्तको १५ प्रतिशत बोनस वापतको ५ लाख ७६ हजार ८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, इन्फिनीटी लघुवित्तको २० प्रतिशत बोनस वापतको ८ लाख २९ हजार २६.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यस्तै, सबैको लघुवित्तको १८ प्रतिशत बोनस वापतको ४ लाख ८६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।