काठमाडाैं । नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएकाे छ । बाेर्डले आइतबार उक्त नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएकाे हाे ।
बाेर्डकाे जेठ ४ गतेकाे बसेकाे बैठकले उक्त नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाउने निर्णय गरेकाे थियाे ।
बाेर्डले साना तथा मझौला लगानीका कम्पनीलाई पुँजीबजारमा आवद्ध गर्नका लागि कानुनी व्यवस्था गर्न नियमावली ल्याउनकाे लागेकेा हाे ।
नियमावलीको मस्यौदाअनुसार साना तथा मझौला सङ्गठित संस्था धितोपत्र बोर्डमा दर्ता हुनका लागि त्यस्ता संस्थाको चुक्ता पुँजी बढीमा २५ करोडसम्मको हुनेछ तर साना तथा मझौला सङ्गठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरेर बोर्डले चुक्ता पुँजीको सीमा हेरफेर गर्नसक्ने जनाएको छ ।