धितोपत्र बोर्डले ७ कम्पनीलाई दियो नयाँ ब्रोकर लाइसेन्स

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेके छ । हालै नयाँ ब्रोकर लाइसेन्सको आशय पत्र (एलओआई) पाएका ७ कम्पनीले लाइसेन्स पनि प्राप्त गरेका हुन् । बोर्डले एलओआइ दिएका ४३ कम्पनीलाई पूर्वाधार निर्माण र कर्मचारी लगायतका संरचना तयार पार्न आशय पत्र प्रदान गरेको थियो । जसमध्ये पूर्वाधार लगायतका संरचना तयार ७ [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेके छ । हालै नयाँ ब्रोकर लाइसेन्सको आशय पत्र (एलओआई) पाएका ७ कम्पनीले लाइसेन्स पनि प्राप्त गरेका हुन् ।

बोर्डले एलओआइ दिएका ४३ कम्पनीलाई पूर्वाधार निर्माण र कर्मचारी लगायतका संरचना तयार पार्न आशय पत्र प्रदान गरेको थियो । जसमध्ये पूर्वाधार लगायतका संरचना तयार ७ कम्पनीलाई लाइसेन्स दिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालय ब्रोक्रेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, सेयर प्रो सेक्युरिटी र प्रोपर्टी विजार्ड– सीमित कार्य गर्ने धितोपत्र कार्य गर्ने कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका हुन् । यी सबै कम्पनीले सीमित कार्य गर्ने गरि लाइसेन्स पाएका हुन् ।

Share News