
काठमाडौं । मंगलबार सेयर बजार ५१.३१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १९४२.६३ विन्दुमा पुगेको छ ।
बजार यसरी उल्लाहस् रुपमा बढ्दा कुल दुई अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १० करोड रुपैयाँकाे कारोबार भएको छ ।
आज भएको कुल कारोबार झण्डै तीन महिनापछिको उच्च हो । यसअघि फागुन १७ गते नेप्सेमा दुई अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता नेप्सेमा एक अर्बकै हाराहारीमा कारोबार भइरहेको थियो ।
यस्तै, आज ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरु सबै लघुवित्त रहेका छन् । सर्किट लाग्नेमा क्रमशस् कालिका लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र सामुदायिक लघुवित्त वित्तिय संस्था रहेका छन् ।
आज कालिका लघुवित्तका सेयरधनीले प्रतिकित्ता ६१ रुपैयाँ, खप्तडका सेयरधनीले प्रतिकित्ता ८२.२० रुपैयाँ, आत्मनिर्भर लघुवित्तका सेयरधनीले प्रतिकित्ता १२४.२० रुपैयाँ र सामुदायिक लघुवित्तका सेयरधनीले ७७.२० रुपैयाँ कमाएका छन् ।