काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत जेठ ७ गते आइतबारदेखि जेठ १२ गते शुक्रबारसम्म सबैको लघुवित्त, इन्फिनीटी लघुवित्त, लक्ष्मी लघुवित्त, एलएलजी इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको गरी कूल १ करोड ३० लाख २४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सबैको लघुवित्तको १८ प्रतिशत बोनस वापतको ४ लाख ८६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, इन्फिनीटी लघुवित्तको २० प्रतिशत बोनस वापतको ८ लाख २९ हजार २६.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यस्तै, लक्ष्मी लघुवित्तको १५ प्रतिशत बोनस वापतको ५ लाख ७६ हजार ८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस वापतको १३ लाख २६ हजार ६१४.३६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस वापतको २५ लाख ६९ हजार २२०.५४७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८.५३४ प्रतिशत बोनस सेयर र ०.४४९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, नेरुडे लघुवित्तको २२ प्रतिशत बोनस वापतको १३ लाख २० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, छिमेक लघुवित्तको २२ प्रतिशत बोनस वापतको ५१ लाख १३ हजार २० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत बोनस वापतको ८ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।