कारोबार रोक्का रहेको युनियन लाइफको मूल्य १० प्रतिशत बढ्यो

<p>काठमाडौं । दोस्रो बजारमा कारोबार रोक्का रहेको साविक युनियन लाइफ इन्स्योरेन्सको सेयर खरिद बिक्री भएर सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३५.८० रुपैयाँ बढेर ३९३.८० रुपैयाँ पुगेको छ । कम्पनीको १९० कित्ता सेयर १२ पटक खरिद बिक्री हुँदा ७२ हजार ५५२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले [&hellip;]</p>

काठमाडौं । दोस्रो बजारमा कारोबार रोक्का रहेको साविक युनियन लाइफ इन्स्योरेन्सको सेयर खरिद बिक्री भएर सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३५.८० रुपैयाँ बढेर ३९३.८० रुपैयाँ पुगेको छ ।

कम्पनीको १९० कित्ता सेयर १२ पटक खरिद बिक्री हुँदा ७२ हजार ५५२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफबीच मर्जर भएर वैशाख २६ गतेबाट एकीकृत कारोबार गरेका थिए । यी तीनै कम्पनीबीच मर्ज भएर हिमालयन लाइफ इन्स्यारेन्सको नामबाट एकीकृत कारोबार सुरु हुनु पर्ने हो तर, आइतबार साविककै युनियन लाइफको नामबाट कारोबार सुरु भएलगत्तै सकारात्मक सर्किट लागेको हो ।

नेप्सेले कसरी कम्पनीको सेयर कारोबार भएको हो भनेर अध्ययन गरिरहेको बताएको छ । रोक्का रहेकै अवस्थामा कम्पनीको कारोबार भएको हुँदा कसरी भयो प्राविधिक टोलीले हेरिरहेको नेप्सेले जनाएको छ । अध्ययनपछि मात्र के भएको हो भन्न सकिने बताइएको छ ।

Share News