बजेटको मुखमा १७ अंकले घट्यो नेप्से, साढे दुई अर्बको कारोबार

<p>काठमाडौं । बजेट सार्वजनिक हुनु एक दिन अगाडी सेयर बजार १७.३८ अंकले घटेको छ ।बिहान उकालो लागिरहेको नेप्से बजार बन्द हुने समयमा भने घटेको हो । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार घटेर १९४१.७४ विन्दुमा पुगेको छ । यद्यपी बजार घटेपनि ७० लाख कित्ता सेयर किनबेच भएर दुई अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको [&hellip;]</p>

काठमाडौं । बजेट सार्वजनिक हुनु एक दिन अगाडी सेयर बजार १७.३८ अंकले घटेको छ ।बिहान उकालो लागिरहेको नेप्से बजार बन्द हुने समयमा भने घटेको हो ।

नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार घटेर १९४१.७४ विन्दुमा पुगेको छ ।

यद्यपी बजार घटेपनि ७० लाख कित्ता सेयर किनबेच भएर दुई अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २१ करोड रुपैयाँको भएको छ ।

यस्तै, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तिय संस्था रहको छ । युनियन लाइफको सेयर मूल्य प्रतिकित्ता ३५.८० रुपैयाँ र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १५०.३० रुपैयाँले वृद्धि भएको छ ।

सरकारले भोली अर्थात जेठ १५ गते सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ ।

Share News