काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) प्रभु इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १ करोड २६ लाख ३३ हजार बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै, एचआईडीसीएलको ५ प्रतिशत बोनस वापतको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस वापतको ८ लाख ६४ हजार १०६.७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.७० प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस वापतको ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।