एकैदिन २४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलको २४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महाासंघको अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको एक लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको एक लाख [&hellip;]</p>

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलको २४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महाासंघको अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार ५०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन तोलाको एक लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ । तेजावी सुन सोमबार तोलाको एक लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँ कायम भएको छ ।

Share News