मंगलबार ५३ अंकले घट्यो सेयर बजार, ४ कम्पनीमा सर्किट  

<p>काठमाडौं । मंगलबार सेयर बजार ५३.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार घटेर १८८८.६१ विन्दुमा पुगेको छ । घटेको बजारमा आज ७० लाख कित्ता सेयर किनबेच हुँदा कुल दुई अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २१ करोडको भएको छ । यस्तै, दुई [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजार ५३.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार घटेर १८८८.६१ विन्दुमा पुगेको छ ।

घटेको बजारमा आज ७० लाख कित्ता सेयर किनबेच हुँदा कुल दुई अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २१ करोडको भएको छ ।

यस्तै, दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्नेमा आत्मानिर्भर लघुवित्त वित्तिय संस्था र बिपिडब्लु लघुवित्त वित्तिय संस्था रहेको छ ।

यस्तै, नकारात्मक सर्किट लेभलमा कारोबार हुनेहरु स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनी र सिटिजन म्युचल फण्ड(१ रहेको छ ।

Share News