तोलामा १५ सयले बढ्यो सुनको मुल्य

<p>काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य एकैदिन १५ सयले बढेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मुल्य तोलामा १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य एकैदिन १५ सयले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मुल्य तोलामा १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, नेपाली बजारमा चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज बढेको मूल्य अनुसार चाँदीको तोलामा १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News