काठमाडौं । विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत् कम्पनीलाई कारवाही गरेको छ । आयोगले कम्पनीले पेश गरेको हकप्रद सेयर जारी गर्ने निवेदनमा आवश्यक कारवाही गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहितको निवेदन आयोगमा पेश गरेको थियो । उक्त प्रस्तावलाई आयोगले कारवाही स्वरुप परिमार्जन गरी पठाएको छ ।
यससँगै कम्पनीले अब हालको चुक्ता पुँजीको १५० प्रतिशत अर्थात एक बराबर १.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । जुन कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले सो मात्राको सेयर जारी गर्ने छ ।