पूँजी बजारमा लाग्ने करमा परिवर्तन गरिएको छैन : आन्तरिक राजस्व विभाग

<p>काठमाडौं । आन्तरिक राजस्व विभागले पूँजी बजारमा लाग्ने कर पुरानै रहेको स्पष्ट पारेको छ । विभागले आर्थिक विधेयक, २०८० को दफा २९ लाई प्रष्ट पार्दै धितोपत्र कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ । आर्थिक विधेयक २०८० को दफा [&hellip;]</p>

काठमाडौं । आन्तरिक राजस्व विभागले पूँजी बजारमा लाग्ने कर पुरानै रहेको स्पष्ट पारेको छ । विभागले आर्थिक विधेयक, २०८० को दफा २९ लाई प्रष्ट पार्दै धितोपत्र कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ ।

आर्थिक विधेयक २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषयमा थप स्पष्ट पारिएको विभागले जनाएको छ ।

‘नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ, त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ताको जानकारीका लागि यो सूचना जारी गरिएको छ,’ विभागले जारी गरेको सुचनामा उल्लेख छ ।

Share News