काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा ऋण चुक्ता गर्न हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सो दरमा हकप्रद सेयर निष्काशन गरिने पनि निर्णय गरेको छ ।