१६ अंकले बढ्याे नेप्से, प्रभु बैंकको प्रमोटर सेयर सबैभन्दा बढी काराेबार

<p>काठमाडौं । बिहीबार सेयर बजार १६.५४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार बढेर १८६६.३४ विन्दुमा पुगेको छ । यसरी बजार बढ्दा कुला ६१ लाख २८ हजार कित्ता सेयर किनबेच भएको छ जसमा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर सेयर २३ करोड रुपैयाँको [&hellip;]</p>

काठमाडौं । बिहीबार सेयर बजार १६.५४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार बढेर १८६६.३४ विन्दुमा पुगेको छ ।

यसरी बजार बढ्दा कुला ६१ लाख २८ हजार कित्ता सेयर किनबेच भएको छ जसमा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर सेयर २३ करोड रुपैयाँको किनबेच भएको छ । यस्तै, दोस्रोमा शिवम् सिमेन्टको ११ करोड रुपैयाँका कारोबार भएको छ ।

आज सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रोपावरका सेयरधनीहरु रहेका छन् । संस्थाका सेयरधनीले प्रतिकित्ता १८.६० रुपैयाँ कमाएका  छन्। यस्तै, सबैभन्दा बढी गुमाउनेमा सनराइज इक्विटी फण्डाका सेयरधनीहरु रहेका छन् ।

Share News