काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ताहरुलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले वार्ताका लागि बोलाएका छन् । अर्थमन्त्री डा. महतले छलफल तथा वार्ताका लागि बोलाएपछि लगानीकर्ताहरु अर्थमन्त्रालय पुगेका छन् । ब्रोकर कार्यालयमा ताला लगाएर विरोध जनाएपछि वार्ताका लागि मन्त्रालय पुगेको लगानीकर्ता नयन बास्तोलाले जानकारी दिए ।
उनका अनुसार करको विषयमा सरकार पक्षसँग लगानीकर्ताको छलफल हुनेछ । विद्यमान पुँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने भन्दै गत बिहीबारदेखि आन्दोलित बनेका छन् ।
लगानीकर्ताको तर्फबाट तिलक कोइराला, केशब कोईराला, नयन बास्तोला, तुल्सिराम ढकाल, राजन लम्साल, तारा फुल्लेल, एसपी चौलागाई, रोहन कार्की छलफलमा सहभागी हुने छन् भने सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव, सहसचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र आन्तिरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली सहभागी हुने छन् ।