काठमाडौं । अर्थमन्त्रालयले पूँजीगत लाभकरमा साविकै कर लागू हुने बताएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत र लगानीकर्ताबीच भएको छलफलमा साविककै कर लागू हुने बताएको हो ।
साथै, अर्थमन्त्रालय र सेयर लगानीकर्ताबीच सहमति पनि भएके छ । पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो ।
‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ, त्यस्तो कारोवारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने छ,’ अर्थमन्त्रालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
सबै ब्रोकर कम्पनीमा लगाइएको ताला पनि खुलाइएको लगानीकर्ताले बताएका छन् । यससँगै सेयर बजारमा हरियाली छाएको छ । सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ५६.८९ अंक अर्थात् ३.०५ प्रतिशत बढेर १९२३.२४ अंक पुगेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सवा एक घण्टामा १० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।