मर्जरपछि कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मर्जरपश्चात् कारोबार खुलेको पहिलो दिनमा नै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशत अर्थात् ३७.०८ रुपैयाँ बढेको नेप्सेले जनाएको छ । सकारात्मक सर्किट लागेसँगै कम्पनीको सेयर मूल्य ४०७.९० रुपैयाँ पुगेको छ । कम्पनीको ४ हजार २३८ कित्ता सेयर ३३ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मर्जरपश्चात् कारोबार खुलेको पहिलो दिनमा नै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशत अर्थात् ३७.०८ रुपैयाँ बढेको नेप्सेले जनाएको छ ।

सकारात्मक सर्किट लागेसँगै कम्पनीको सेयर मूल्य ४०७.९० रुपैयाँ पुगेको छ । कम्पनीको ४ हजार २३८ कित्ता सेयर ३३ पटक खरिद बिक्री हुँदा १७ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबारपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सेयर सूचीकृत भई सेयर कारोबार भएको हो ।

इन्स्योरेन्स कम्पनीको सेयर आइजीआई सिम्बोलबाट कारोबार सुरु भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

इन्स्योरेन्स कम्पनीको सो सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३७०.८२ रुपैयाँमा खुलेको थियो ।

Share News