५३ अंकले बढ्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट

<p>काठमाडौं । आइतबार सेयर बजार ५३.०३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार आज २.८४ प्रतिशतले बढेर १९१९.३७ विन्दुमा बन्द भएको छ । सो क्रममा ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १५ करोड ८१ करोडको [&hellip;]</p>

काठमाडौं । आइतबार सेयर बजार ५३.०३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार आज २.८४ प्रतिशतले बढेर १९१९.३७ विन्दुमा बन्द भएको छ ।

सो क्रममा ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १५ करोड ८१ करोडको सेयर किनबेच भएको छ ।

यस्तै, आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्ने कम्पनी आइिजिआई इन्स्योरेन्स रहेको छ । आज आइजिआईको सेयर मूल्य ३७.०८ रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै, सकारात्मक सर्किट लेभलमा कारोबार हुनेहरु क्रमश: सामुदायिक लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड(१, सोल्टी होटल र तारागाउँ रिजेन्सी रहेको छ ।

आइतबार अर्थमन्त्रीले पुँजीगत लाभकर नै अन्तिम भएको विश्वास दिलाएपछि सेयर कारोबार उकालो लागेको जानकारहरु बताउँछन् ।

Share News