डेढ लाख कित्ता भएको सेयर प्रमाणपत्र हरायो

<p>काठमाडौं । एक जना लगानीकर्ताको झण्डै डेढ कित्ता सेयर भएको प्रमाणपत्र हराएको छ । आदर्शनगर विरगंजस्थित लगानीकर्ता राजेश कुमार खण्डेलवालको १ लाख ३२ हजार २४७ कित्ता सेयर संख्या भएको प्रमाणपत्र हराएको सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । साविक महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी विकास बैंक)को १००००७० र १००००७१ सेयर प्रमाणपत्र नम्बर रहेको क्यापिटलले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । एक जना लगानीकर्ताको झण्डै डेढ कित्ता सेयर भएको प्रमाणपत्र हराएको छ । आदर्शनगर विरगंजस्थित लगानीकर्ता राजेश कुमार खण्डेलवालको १ लाख ३२ हजार २४७ कित्ता सेयर संख्या भएको प्रमाणपत्र हराएको सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

साविक महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी विकास बैंक)को १००००७० र १००००७१ सेयर प्रमाणपत्र नम्बर रहेको क्यापिटलले जनाएको छ । यस्तै, गौरव खेतान अग्रवालको १ हजार १८९ कित्ता सेयर, बिहारी लाल अग्रवालको ६० कित्ता र आकाश कुमार टिवडेवालको ६० कित्ता सेयर भएको सेयर प्रमाणपत्र हराएको हो ।

प्रमाणपत्रहरु हराएको हुँदा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराई पाँऊ भनी निवेदन पेश गरेको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए ३५ दिनभित्र निवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ । अन्यथा उक्त सो सेयरहरु आवश्यक प्रकृया पूरा गरि निवेदनमा माग भए बमोजिम सम्बन्धितसेयरधनीहरुले उपलब्ध गराएको हितग्राही खातामा जम्मा गरिनेछ ।

महालक्ष्मी विकास बैंकको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Share News