हकप्रद सेयर प्रस्ताव पारित गर्न अरुण भ्यालीले बोलायो सधारणसभा

<p>काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितीको जेठ २१ गते बसेको बैठकले असार ७ गते काठमाडौंमा बिहान ११ बजे विशेष सभा बोलाएको हो । कम्पनीको सभालेलिखु खोला जलविद्युत आयोजनामा लगानी गर्न र काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन [&hellip;]</p>

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितीको जेठ २१ गते बसेको बैठकले असार ७ गते काठमाडौंमा बिहान ११ बजे विशेष सभा बोलाएको हो ।

कम्पनीको सभालेलिखु खोला जलविद्युत आयोजनामा लगानी गर्न र काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, हकप्रद सेयर वितरण पश्चात् अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्टारको कार्यालयमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ जेठ ३० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

Share News