काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको १५ प्रतिशत बोनस बापत १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।