धितोपत्र बोर्डले पूँजी बजारसँग सम्बन्धित शैक्षिक संस्था सञ्चालन गर्ने

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारको विकास र विस्तारका लागि क्यापिटल मार्केट ईन्स्टिच्युट सञ्चालन गर्ने तयारी रहेको बताएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले वित्तीय साक्षरता प्रदान गर्नका लागि शैक्षिक संस्था सञ्चालन गर्ने बताएका हुन् । ‘कर्मचारीको क्षमता वृद्धि विकास गर्न जरुरी छ, आगामी वर्ष [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारको विकास र विस्तारका लागि क्यापिटल मार्केट ईन्स्टिच्युट सञ्चालन गर्ने तयारी रहेको बताएका छन् ।

बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले वित्तीय साक्षरता प्रदान गर्नका लागि शैक्षिक संस्था सञ्चालन गर्ने बताएका हुन् ।

‘कर्मचारीको क्षमता वृद्धि विकास गर्न जरुरी छ, आगामी वर्ष पनि कर्मचारीको सेवा सुविधा अझै वृद्धि गर्नु पर्नेछ, वित्तीय साक्षरता बढाउन क्यापिटल मार्केट ईन्स्टिच्युट संचालन गर्ने तयारी छ, अर्थमन्त्रीज्यूले यसमा सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा गरेको छुँ,’ उनले भने, ‘धितोपत्र बोर्डलाई पेपर लेस बनाउन डिजिटल प्रणालीलाई जोड दिइएको छ ।’

लगानीकर्ताको विश्वास कायम गर्न नियामक निकायलाई बलियो संस्थाका रुपमा उभ्याउने उनले बताए । अध्यक्ष हमालले अबको दुई महिनाभित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउने बताए ।

‘बैंकका सहायक कम्पनीसहित १८ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन्, अहिले ६८ वटा ब्रोकर संख्या पुगेको छ, अबको २ वर्ष भित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउनेछन्,’ उनले भने ।

एक वर्षको अवधिमा उल्लेख्य काम गरेको भएपनि सोचेअनुरुप हुन नसकेको उनले बताए । साथै, डेढ लाखभन्दा बढी वैदेशिक रोजगारमा रहेका नेपाली पूँजी बजारमा आवद्ध भएको उनको भनाइ छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिएपछि डेढ लाखभन्दा बढी आवद्ध भएका छन्, वैदेशिक रोजगारमा रहेका नेपालीहरु पनि पूँजी बजारमा आवद्ध हुने क्रम जारी छ, रेमिट्यान्स पनि उल्लेख्य बढेको छ,’ उनले भने ।

प्राइभेट इक्वीटी र भेन्चर क्यापिटललाई छिट्टै कार्यान्वनमा आउने उनको भनाइ छ । जसले स्टार्टअपले बिना धितो कर्जा पाउने प्ल्याटफर्मको सुरुवात हुने उनले बताए ।

Share News