नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत जेठ २१ गते आइतबारदेखि जेठ २६ गते शुक्रबारसम्म आरएमडीसी लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स, कालिका पावर कम्पनी र नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आरएमडीसी लघुवित्तको २६ प्रतिशत बोनस बापत ३२ लाख २६ हजार [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत जेठ २१ गते आइतबारदेखि जेठ २६ गते शुक्रबारसम्म आरएमडीसी लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स, कालिका पावर कम्पनी र नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

आरएमडीसी लघुवित्तको २६ प्रतिशत बोनस बापत ३२ लाख २६ हजार ७७२.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस बापत ६ लाख १५ हजार ९८३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २.७५ प्रतिशत बोनस सेयर र ०.१४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस बापत १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशत बोनस बापत ८ लाख ८० हजार १२.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Share News