काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समहूको नाममा रहेको ३८ हजार ९९ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।
लघुवित्तले सो सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ । बोलपत्र पेश गर्दा सो मूल्य वा सोभन्दा बढि मूल्य अंकित गरी आवेदन पेश गर्नु पर्ने लघुवित्तले जनाएको छ ।
लघुवित्तले आज जेठ २८ गतेदेखि असार ३ गतेसम्म सो सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आवेदन दिनु पर्नेछ ।