काठमाडौं । आइतबार सेयर बजार ४०.४८ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार बढेर १९८०.९० विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज ९५ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी नागरिक लगानी कोषको ११ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै, आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल्स रहेको छ ।