थ्रीस्टारको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

<p>काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाहरुलाई बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरिएको जनाएको छ । कम्पनीको आईपीओमा २ हजार ६०६ जना आवेदकले आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सबै आवेदकलाई आइतबार ४ लाख ९२ हजार ५ सय कित्ता सेयर वितरण गरेको कम्पनीले बताएको छ । [&hellip;]</p>

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाहरुलाई बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरिएको जनाएको छ ।

कम्पनीको आईपीओमा २ हजार ६०६ जना आवेदकले आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सबै आवेदकलाई आइतबार ४ लाख ९२ हजार ५ सय कित्ता सेयर वितरण गरेको कम्पनीले बताएको छ ।

कम्पनीले वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म स्थानीय वासिन्दालाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिएका थिए ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । आईपीओको नतिजा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरिरहेको आईपीओ रिजल्टबाट हेर्न सकिनेछ ।

Share News