काठमाडौं । रावा इनर्जि डेभलपमेन्टको आईपीओ मंगलबार जेठ ३० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार दिँउसो ४ बजे क्यापिटलको केन्द्रिय कार्यालयमा बाँडफाँट हुने भएको हो ।
कम्पनीले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको सेयरसर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बााँडफाँट गर्दा बाँकी रहेको १ लाख ९२ हजार ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको थियो । जसमध्ये १५ हजार ४७ कित्ता कर्मचारी, ३७ लाख ६१६ कित्ता सामूहिक लगानी कोष र ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको थियो ।
कम्पनीको आइपीओमा मागभन्दा १४.८९ गुणा बढीले आवेदन दिएका छन् । आइपीओमा ११ लाख ६५ हजार ५२६ जना आवेदकले १ करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गरिनेछ । १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा ६४ हजार ३६६ जनाले मात्र कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी रहेको ७ कित्तालाई थप १ कित्ता गरी ७ जनाले ११ कित्ता पाउनेछन् ।