सेयर बजारमा उल्लास कायमै, ४ अर्ब माथिको कारोबार

<p>काठमाडौं । मंगलबार सेयर बजार ३२.४६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार मंगलबार सेयर बजार बढेर २०१८.९३ विन्दुमा पुगेको छ । आज एक करोड ७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ ।  जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले २७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजार ३२.४६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार मंगलबार सेयर बजार बढेर २०१८.९३ विन्दुमा पुगेको छ ।

आज एक करोड ७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ ।  जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले २७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा विन नेपाल लघुवित्त वित्तिय संस्था, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल्स रहेको छ ।

Share News