काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलाको ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुन घटेर तोलाको एक लाख ११ हजा र ८०० रुपैयाँ पुगेको छ ।
यस्तै, तेजावी सुन पनि घटेर तोलाको एक लाख ११ हजार २५० रुपैयाँ पुगेको छ । मंगलबार तेजावी सुन तोलाको एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघको अनुसार आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर तोलाको एक हजार ४२५ रुपैयाँ पुगेको छ ।