पुराना ब्रोकर व्यवसायीको गुमराहमा परी लाइसेन्स प्रक्रिया रोक्यो

<p>काठमाडौं । पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी अर्थसमितिले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रक्रिया रोकेको हुँदा तत्काल खारेज गर्न नयाँ स्टक ब्रोकर एशोसिएसनले माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नयाँ ब्रोकर व्यवसायीहरुको संगठन नयाँ ब्रोकर एशोसिएसनले सर्वाेच्च अदालतलाई समेत चुनौति दिने गरी पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी प्रक्रिया रोक्न निर्देशन दिएको आरोप नयाँ [&hellip;]</p>

काठमाडौं । पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी अर्थसमितिले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रक्रिया रोकेको हुँदा तत्काल खारेज गर्न नयाँ स्टक ब्रोकर एशोसिएसनले माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नयाँ ब्रोकर व्यवसायीहरुको संगठन नयाँ ब्रोकर एशोसिएसनले सर्वाेच्च अदालतलाई समेत चुनौति दिने गरी पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी प्रक्रिया रोक्न निर्देशन दिएको आरोप नयाँ ब्रोकर व्यवसायीहरुले लगाएका हुन् ।

सर्वोच्च अदालतले गत चैत २६ को फैसलापछि नेपाल धितोपत्र बोर्डले ४३ वटा नयाँ कम्पनीलाई धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारी सम्बन्धी कार्य अगाडि बढाउन ३ वटा चरणमा आशयपत्र जारी पूर्वाधार तयार भएका १८ वटा नयाँ ब्रोकर कम्पनीलाई दुई चरणबाट लाइसेन्स प्रदान गरेको छ ।

जसमध्ये ७ वटा ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट पूर्वाधार तयारी गरी जानकारी गराउने आशयपत्र समेत प्राप्त गरिसकेको नयाँ ब्रोकर एशोसिएसनका संयोजक सागर ढकालले बताए । उनका अनुसार कर्मचारीहरु भर्ना गरी कार्यालय समेत सञ्चालन गर्ने व्यवस्था मिलाइसकेका छन् । तर, हठात रुपमा अविश्वसनीय ढंगबाट सर्वाेच्च अदालत र प्रतिनिधि सभा नियमावलीभन्दा बाहिर गएर निर्देशन दिएको उनले बताए ।

करिब आधा करोड लगानीकर्ताको आशा र विश्वासविपरीत पुँजीबजारको विकास र विस्तारलाई रोक्ने उद्देश्यले अर्थ समितिबाट नेपाल सरकार, अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जारी निर्देशनले नेपालको पूँजी बजारमा भएको प्रगतिलाई रोक्ने पूर्वाग्रह पूर्ण निर्देशनलाई तुरुन्त खारेज गर्न उनीहरुले माग गरेका हुन् ।

Share News