दोभान हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

<p>काठमाडौं । दोभान हाइड्रोपावर लिमिटेडले २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिक, सर्वसाधारण तथा संस्थामा कार्यरत कर्मचारीको लागि उक्त आइपीओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २२ करोड ८० [&hellip;]</p>

काठमाडौं । दोभान हाइड्रोपावर लिमिटेडले २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिक, सर्वसाधारण तथा संस्थामा कार्यरत कर्मचारीको लागि उक्त आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २२ करोड ८० लाख रुपैयाँको सेयर जारी गर्न लागेको हो । उक्त प्रयोजनका लागि कम्पनीले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र दोभान हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक पुरञ्जन राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दोभान हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानीको बहाव सदुपयोग हुने गरी ५।२ मेगावाट क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको पूँजी ७६ करोड रुपैयाँ रहेको छ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको १३२ के।भी। तिङ्गला लमाने सव( स्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ । उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।

Share News