सेबोनले दियो ४ वटा संस्थागत लगानीकर्तालाई काम गर्ने अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ४ कम्पनीलाई संस्थागत लगानीकर्ताको काम गर्न अनुमति दिएको छ । सेबोनले एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२, लागत इन्भेष्टमेन्ट प्रालि, राष्ट्रिय वाणिज्य बैंक र टु नर्थ एसोसिएट्स प्रालिलाई लगानीकर्ताको काम गर्न अनुमति दिएको हो । योसँगै अब संस्थागत लगानीकर्ताको संख्या १३५ पुगेको छ । संस्थागत लगानीकर्ता त्यस्ता कम्पनी वा संस्था हुन्, जसले नियामकले तोकेको क्षेत्रमा अन्य [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ४ कम्पनीलाई संस्थागत लगानीकर्ताको काम गर्न अनुमति दिएको छ ।

सेबोनले एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२, लागत इन्भेष्टमेन्ट प्रालि, राष्ट्रिय वाणिज्य बैंक र टु नर्थ एसोसिएट्स प्रालिलाई लगानीकर्ताको काम गर्न अनुमति दिएको हो । योसँगै अब संस्थागत लगानीकर्ताको संख्या १३५ पुगेको छ ।

संस्थागत लगानीकर्ता त्यस्ता कम्पनी वा संस्था हुन्, जसले नियामकले तोकेको क्षेत्रमा अन्य व्यक्तिको तर्फबाट सीमित रकम लगानी गर्दछ । यिनीहरूले प्रायः स्टक, बन्ड वा अन्य सेक्युरिटिजहरु किनबेच गर्छन् ।

Share News