नेप्सेमा पाँच महिना यताकै उच्च कारोबार, दुई कम्पनीमा सर्किट

<p>काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्जमा पाँच महिना यताकै उच्च कारोबार भएको छ । बुधबार सेयर बजारमा पाँच अर्ब १ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ जुन पाँच महिना यताकै उच्च कारोबार हो । यसअघि २०७९ साल पुस २८ गते नेप्सेमा पाँच अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो । बुधबार नेप्से परिसूचक १६.४२ [&hellip;]</p>

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्जमा पाँच महिना यताकै उच्च कारोबार भएको छ । बुधबार सेयर बजारमा पाँच अर्ब १ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ जुन पाँच महिना यताकै उच्च कारोबार हो ।

यसअघि २०७९ साल पुस २८ गते नेप्सेमा पाँच अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो ।

बुधबार नेप्से परिसूचक १६.४२ अंकले बढेको छ । आज नेप्से ०.८१ प्रतिशतले बढेर २०३७.०६ बिन्दुमा पुगेको छ । परिसूचक बढिरहँदा कारोबार रकममा पनि दैनिक सुधार आएको हाे ।

नेप्सेको अनुसार आज एक करोड २५ लाख कित्ता सेयर किनबेचे भएको छ । जसमा सबैभन्दा बढी किनबेच शिवम् सिमेन्टको भएको छ । कम्पनीको आज २८ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आज खप्तड लघुवित्त र सिटी होटल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्दा खप्तड लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ८५.९० रुपैयाँले र सिटी होटल्सको सेयर मूल्य प्रतिकित्ता १४.७० रुपैयाँले बढेको छ ।

Share News