एकैदिन तोलामा ८ सयले घट्यो सूनको मूल्य

<p>काठमाडौं । नेपाली बजार जेठ महिनाको अन्तिम दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सयले घटेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । नेपाली बजार जेठ महिनाको अन्तिम दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सयले घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News